हुलास फिनसर्भ हायर पर्चेजले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । कम्पनीले सो कार्यका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासनमार्फत २० लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ । उक्त साधारण शेयर निष्कासन गर्ने सम्बन्धी कार्यको लागि कम्पनीले एनएमबि क्यापिटललाई धित्तोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

 
                                    





