कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङको नाम दुरुपयोग गरी ठगी प्रयास, सतर्क रहन आग्रह


  • KBL News Ad
  • Prabhu Bank
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङको नाम दुरुपयोग गरी ठगी प्रयास, सतर्क रहन आग्रह

काठमाडौं – कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङको नाम, फोटो र पदको अनधिकृत प्रयोग गर्दै एक अपरिचित ब्यक्तिले ठगी गर्ने प्रयास गरेको खुलासा भएको छ। उज्वेकिस्तानको फोन नम्बर र नक्कली इमेलमार्फत गुरुङको नामबाट विभिन्न व्यक्तिहरुलाई रकम माग्ने प्रयास भइरहेको गुरुङले फेसबुक मार्फत जानकारी गराएका हुन ।

गुरुङले उक्त घटनामा कुनै पनि संलग्नता नरहेको स्पष्ट गर्दै, यस्ता अनुरोधप्रति सतर्क रहन सबैलाई आग्रह गरेका छन्। उनले यस्ता नक्कली इमेल वा फोन नम्बरबाट आउने अनुरोधमा कुनै किसिमको सहयोग नगर्न र यस्तो घटना भेटिएमा तुरुन्तै सम्बन्धित कानुनी निकायमा उजुरी गर्न सुझाव दिएका छन्।

 

कुनै छद्मभेषी/अपरिचित ब्यक्तिले निम्नानुसार उज्वेकस्तानको नम्बरबाट मेरो नाम र फोटो तथा इमेलबाट मेरो नाम र पदको अनधिकृत...

Posted by Govinda Gurung on Thursday, September 19, 2024

यस्तो घटनामा संलग्न व्यक्तिले गोविन्द गुरुङको नाम, फोटो र पदलाई अवैध रूपमा प्रयोग गरेर बैंकको छवि बिगार्ने प्रयास गरिरहेको हुँदा, आम सर्वसाधारणलाई सावधान रहन भनिएको छ। कृषि विकास बैंकले पनि यस विषयमा थप अनुसन्धान गर्ने र आवश्यक कारबाहीका लागि कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ।

  • EBL Ad news