नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट 


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
नबिल बैंकका ग्राहकलाई र्याडिसन होटलमा २० प्रतिशतसम्म छुट 

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकहरूले अब र्याडिसन होटलका सेवा सुविधाहरूमा विशेष छुट पाउने भएका छन्। नबिल बैंक र ¥याडिसन होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार, बैंकका ग्राहकहरूले विभिन्न सेवामा छुट पाउने व्यवस्था गरिएको हो।

नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्याडिसन होटलको तर्फबाट फूड एण्ड बेभरेज निर्देशक केदार पाण्डेले यस समझदारीमा हस्ताक्षर गरेका हुन्। 

समझदारी अनुसार, नबिल बैंकका ग्राहकहरूले र्याडिसन होटलमा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक, तथा एटिएम कार्ड प्रयोग गरेर सेवा सुविधाहरूको भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो छुट होटलका खानेकुरा, पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा लागू हुनेछ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने र्याडिसन होटल आतिथ्य सेवा क्षेत्रमा उच्चस्तरीय सेवाका लागि परिचित संस्था हो। यस समझदारीले बैंकका ग्राहकहरूले ¥याडिसन होटलका सेवाहरूमा विशेष सहुलियत पाउने छन्। ग्राहकहरूको हितलाई ध्यानमा राखेर यो सम्झौता गरिएको नबिल बैंकले जनाएको छ।

नबिल बैंकले २४ लाख भन्दा बढी ग्राहकहरूलाई २६८ शाखा र ३१७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले ४० वर्षदेखि नेपालमा बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ।

  • MBL - below news
  • EBL Ad news