ग्रीन डेभलपमेण्ट बैंक र ग्यालेक्सी हस्पिटलबीच स्वास्थ्य सेवामा विशेष छुटको सम्झौता


  • ADBL
  • City Express
ग्रीन डेभलपमेण्ट बैंक र ग्यालेक्सी हस्पिटलबीच स्वास्थ्य सेवामा विशेष छुटको सम्झौता

पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना सम्पूर्ण ग्राहक, कर्मचारी र उनीहरूको आश्रित परिवारका लागि पोखरा महानगरपालिका वडा नं १०, उत्तमचोकमा रहेको ग्यालेक्सी हस्पिटल प्रा.लि. सँग विभिन्न स्वास्थ्य सेवा तथा सुविधामा छुट दिने विशेष सम्झौता (MOU) गरेको छ।

सम्झौतापछि बैंकका ग्राहकहरूले ग्रीन डेबिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोग गरेर हस्पिटलमा उपलब्ध USG (अल्ट्रासोनोग्राम), ECG, एक्स-रे, सबै प्रकारका बेड शुल्क, पाथोलोजी सेवा, तथा स्वास्थ्य प्याकेजहरूमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। ग्यालेक्सी हस्पिटल आधुनिक प्रविधिसहितका उपकरणद्वारा विशेषज्ञ चिकित्सकहरूले विभिन्न रोगहरूको उपचार प्रदान गर्दै आएको सुविधा सम्पन्न अस्पताल हो।

सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक संयुक्त बहादुर धाख्वा र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष तथा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. हेमन्त मानन्धरले हस्ताक्षर गरेका छन्। कार्यक्रममा हस्पिटलका कार्यकारी निर्देशक दिपेन थापा र बैंकको बुद्धचोक शाखाका शाखा प्रबन्धक मान बहादुर शाहीको उपस्थिति रहेको थियो । यो सम्झौता एक वर्षसम्मको लागि लागू हुने बैंकले जनाएको छ।