माइक्रोसफ्टले ६० अर्ब डलरको सेयर बाई ब्याक गर्ने, ०.८३ डलर त्रैमासिक लाभांश पनि घोषणा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माइक्रोसफ्टले ६० अर्ब डलरको सेयर बाई ब्याक गर्ने, ०.८३ डलर त्रैमासिक लाभांश पनि घोषणा
काठमाडौं : माइक्रोसफ्ट कम्पनीले ६० अर्ब डलरको नयाँ सेयर पुन: खरिद (बाई ब्याक) गर्ने भएको छ । यस कम्पनीको सञ्चालक समितिले सोमबारको निर्णय अनुसार उक्त रकम बराबरको सेयर बाई ब्याक गर्न स्वीकृति दिएको हो । साथै, यस कम्पनीले प्रतिसेयर ०.८३ डलर त्रैमासिक लाभांश पनि घोषणा गरेको रोयटर्सले जनाएको छ । 
 
लाभांश दर अघिल्लो त्रैमासिकको तुलनामा ८ सेन्ट अर्थात, १० प्रतिशत धेरै हो । माइक्रोसफ्टले डिसेम्बर १० मा आफ्नो वार्षिक सेयरधनी बैठक आयोजना गर्नेछ भनेको छ । गत जुलाईमा कम्पनीले यो आर्थिक वर्षमा एआइ पूर्वाधारमा थप खर्च गर्ने बताएको थियो । जुन ३० मा समाप्त त्रैमासिकमा यसको पुँजी खर्चमा ७७.६ प्रतिशतको वृद्धि भएको रिपोर्ट सार्वजनिक गरिएको थियो । 
Read More
  • MBL - below news
  • EBL Ad news