सम्पदा लघुवित्त वित्तीय संस्थाले दाङ र पर्सा जिल्लामा वित्तीय साक्षरता तालिम आयोजना गरेको छ ।
कम्पनीले तुलसीपुर उपमहानगरपालिका ११ उरहरीमा वित्तीय साक्षरता तालिम सञ्चालन गरेको थियो । उक्त अवसरमा वित्तीय साक्षरता तालिमका साथसाथै तिज विशेष कार्यक्रम पनि सञ्चालन गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले बताए । तालिममा कोमल प्रसाद जोशी, विक्रम उपाध्याय, रिमा कँडेलले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।







