भुक्तानी सेवा प्रणाली युनियन पे इन्टरनेसनललाई राष्ट्र बैंकले संचालनको अनुमति दिएको छ। चीनको सांघाईमा प्रधान कार्यालय रहेको युनियनले अब नेपालमा विद्युतीय कार्ड तथा नेटवर्क र भुक्तानी स्वीचका लागि आन्तरिक संयन्त्र विकास गर्न पाउने भएको छ।
‘शर्तहरु पुरा गरेपछि युनियन पेलाई अनुमति दिएका हौँ, अब उसले आफ्नो सेवा विस्तारका लागि काम गर्न सक्नेछ’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने।
युनियन पेले आफ्नो सेवा विस्तारका लागि नेपालका विभिन्न बैंकहरुसँग सहकार्य गर्ने भएको छ। केही बैंकसँग आन्तरिक सहकार्य समेत भइसकेको छ।
युनियन पेले मुख्य रुपमा नेपालमा विद्युतीय भुक्तानी कार्ड र नेटवर्क विस्तार गर्नेछ। नेपालमा एससिटी नेटवर्कसँग सहकार्य गर्ने भएको छ।








