साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्दैछु : प्रधानमन्त्री ओली


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्दैछु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा निस्शुल्क गर्न पहल गर्ने बताएका छन् ।

आइतबार बिहान आफ्नो फेसबुक पेजमा लेख्दै ओलीले मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको र साना कारोबार निःशुल्क गर्न आफुले पहल गर्ने बताएका हुन् ।

उनले फेसबुक पेजमा लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दैछु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनुहोला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जानेछ ।’

Read More
  • MBL - below news
  • EBL Ad news