नेपाल बैंकर्स संघ (एनबीए)ले इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी)सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तीव्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका ४०० भन्दा बढी बैंकिङ अधिकारीहरूको सहभागिता थियो ।







