सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरे करको दश प्रतिशत रकम फिर्ता


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरे करको दश प्रतिशत रकम फिर्ता

आन्तरिक राजस्व विभागले सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता दिने भएको छ।

विभागले एक सूचना प्रकाशित गर्दै सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी सम्बन्धी व्यवस्था उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित समेत गरेको छ।

विभागले भदौ २१ गते मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैंक खातामा फिर्ता गरिनेछ’ भनी व्यवस्था गरे बमोजिम निर्णय गरेको थियो।

Read More
  • MBL - below news
  • EBL Ad news