काठमाडौं : जनरल इन्सुरेन्स कम्पनी नेपालले ३० करोड रुपैयाँ बराबारको ३० लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्ताव पारित गर्न साउन २९ गते साधारण सभा बोलाएको छ । जनरलले जारी पुँजीको ३०% सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने प्रस्ताव पेश गर्न लागेको हो । आइपीओ निष्कासन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि लैजाने छ ।
कम्पनीको ठेगाना परिर्वतन र बैठक भत्ता अनुमोदन गने एजेन्डा पनि रहेको छ । साथै, प्रबन्धपत्र संशोधनको गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि छ । यस्तै, आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदनमा गर्ने, आव २०६४/६५ देखि २०७३/७४ सम्मको नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा पेश हुनेछन् । सभा एलिस रिसेप्सन, गैरीधारा पिपलवोट काठमाडौंमा अपराह्न ५ः०० बजे हुनेछ ।








