सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५% सम्म छुटको सुविधा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५% सम्म छुटको सुविधा

काठमाडौं – सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटेल प्रा.लि. (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार, सिद्धार्थ बैंकका ग्राहकहरुले धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड वा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी भुक्तानी गर्दा फूड, बेभरेज र होटेल बसाई सेवामा १५ प्रतिशतसम्म छुट पाउनेछन्। बैंकले यो सम्झौताबाट ग्राहकहरुलाई नगद कारोबारको सट्टा डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ।

डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्दै ग्राहकहरुलाई अझ बढी सुविधा दिनको लागि बैंकले केही समयअघि ‘सिद्धार्थ रिवार्ड्स’ नामक लोयल्टी सेवा समेत सञ्चालनमा ल्याएको छ।

  • MBL - below news
  • EBL Ad news