ग्लोबल आइएमई बैंकमा खाता खोल्दा पाँच अतिरिक्त सुविधा, विशेष योजना सार्वजनिक


  • KBL News Ad
  • ADBL
  • City Express
ग्लोबल आइएमई बैंकमा खाता खोल्दा पाँच अतिरिक्त सुविधा, विशेष योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ खाता खोल्ने ग्राहकलाई नियमित सुविधाहरूका अतिरिक्त पाँचवटा थप सुविधा उपलब्ध गराउने विशेष योजना सार्वजनिक गरेको छ। 

यो योजनाअन्तर्गत बैंकमा खाता खोल्दा आकर्षक ब्याजदर र अन्य नियमित सुविधासँगै डिम्याट खाता, मेरो शेयर, सि–आस्वा, र टिएमएस खाता खोल्न आवेदन दिन सकिनेछ। ग्लोबल आइएमई क्यापिटलमार्फत धितोपत्रको कारोबार (खरिद तथा विक्रि) गर्न चाहने ग्राहकलाई डिम्याट खाता, मेरो शेयर, आइपीओ आवेदनका लागि सि–आस्वा रजिष्ट्रेशन नम्बर, र शेयर बजारमा कारोबार गर्न टिएमएस खाता सुविधा प्रदान गरिनेछ।

बैंकको हालै सार्वजनिक गरिएको डिजिटल युनिभर्समार्फत ग्राहकले घरमै बसी यी सबै सेवाहरू प्रयोग गर्न सक्नेछन्। थप रूपमा, यी सेवाहरू बैंकका ३५४ शाखा कार्यालयबाट उपलब्ध गराइनेछ।

यस योजनामा नयाँ खाता खोलेर, आफ्नो विद्यमान खातालाई परिमार्जन गरेर, वा निष्क्रिय खातालाई पुन: सक्रिय गराएर सहभागी हुन सकिन्छ। ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो। बैंकसँग ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू, र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू छन्।

  • EBL Ad news