काठमाडौं । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा ‘नागरिक’ नामक एप्स बनाउने तयारी भएको छ । उक्त एप्समार्फत सम्पूर्ण नागरिकको विवरण राखिने योजना रहेको बुझिएको छ । सरकारले नागरिक एप्समार्फत सम्पूर्ण सेवा एप्सलब्ध गराउने भनिए पनि आम मानिसको सूचनामा कुनै अमूक कम्पनीलाई दिने योजनाअन्तर्गत यो एप्स ल्याउन लागिएको स्रोतको भनाइ छ ।
सरकारले नागरिक मोबाइल एप्समार्फत नागरिकता, यातायात विभागको सेवा, कर कार्यालय, कम्पनी रजिष्ट्रार कार्यालयको सेवाका लागि भनेर सबै टेलिकम कम्पनीमा रहेको आममानिसको डाटा उक्त एप्समा समावेश गर्नका लागि कानुनी अड्चन भएकाले आम नागरिकको उक्त विवरण चलाउनका लागि मन्त्रिपरिषद्बाट निर्देशिका पास गराएर कानुन बनाउनका लागि पठाइएको छ ।
मोबाइलको सिम दर्ता तथा विवरण अध्यावधिक कार्यविधि विनियमावली नाम दिइएको उक्त निर्देशिकामार्फत आम मानिसको विवरण उक्त एप्समा राखिने तयारी प्रधानमन्त्री कार्यालय लागेको छ ।








