दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन् ।पेट्रोलियम अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ गर्ने काम १ हजार ३ सय ४० मिटर ड्रिलिङ सम्पन्न भएको छ ।
खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार आइतबारसम्मको आँकडामा त्यति गहिराइसम्म ड्रिलिङ गरिएको जानकारी गराएको छ ।यो आयोजनामा ४ हजारदेखि ४ हजार ५ सय मिटरसम्म गहिराइ ड्रिलिङ गरी अन्वेषणको काम हुनेछ । त्यसपछि यस स्थानमा पेट्रोलियम पदार्थको भण्डार कति छ र त्यसको उत्खनन सम्भावना’bout अध्ययन गरिने छ ।







