काठमाडौं । नयाँ आर्थिक वर्षसँगै उकालो लाग्ने तयारीमा रहेको शेयर बजारमा लाभकर भारित औसत दरको निर्धारण कुन विधिबाट गर्ने भन्ने बिषयमा अन्योल हुँदा बजार फेरि सुस्ताउन थालेको छ । नयाँ वर्षको पहिलो दिन करिब १६ अंकले उकालो लागेको शेयर बजार त्यसपछि पुनः ओरालो लाग्दै आएको छ ।
लगानीकर्ताले लाभकर गणना विधि सच्चाउन माग गर्दै दबाब दिएका छन् । लगानीकर्ताहरुका चार संघले आइतबार सरोकारवालाहरुलाई यस्तो व्यवस्था तत्काल हटाउन माग गरेका छन् । लगानीकर्ताको व्यापक विरोध आएपछि सरकार पनि लाभकरको गणना विधिलाई सच्चाउन सम्बन्धित पक्षसँग छलफलमा व्यस्त देखिएको छ । २०५८ साल साउन १ गतेसम्मको खरिद गरेको धितोपत्र बजार मूल्य त्यो मितिको बजार मूल्यलाई नै आधार मान्ने लगानीकर्ताहरुको निर्णय थियो ।








