काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ७० करोड रुपैयाँ बराबर खर्चको कारोबार डिजिटल भुक्तानी मार्फत भएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले जनाएको छ ।
२ करोड ४९ लाख वटा कारोबार संख्यामा उक्त रकम बराबरको कारोबार भएको एनसीएचएलले जनाएको हो ।
यस्तै गत आवमा २ खर्ब ९० अर्ब राजस्व संकलनका लागि २८ लाख ३३ हजार वटा कारोबार एनसीएचएल मार्फत भएको छ ।
एनसीएचएलका अनुसार आर्थिक वर्ष २०७९/८० मा सरकारको ११ खर्ब ५६ अर्ब खर्च गर्दा १ करोड १७ लाख वटा कारोबार भएको थियो । सोही अवधिमा २ खर्ब ३३ अर्ब रुपैयाँ राजस्व संकलनका लागि २१ लाख ३३ हजार वटा कारोबार भएको थियो ।








