काठमाडौं : कुमारी बैंकको २१.२५% बोनस सेयर पाउन पहिला कर तिर्नुभर्ने भएको छ । बोनसमा लाग्ने कर तिरेपछि मात्र लगानीकर्ताको खातामा सेयर पठाइने बैंकले जानकारी गराएको छ । २०७४ असार १५ पछि सेयरधनी बनेकाहरुले बोनस पाउन पहिला कर तिर्नुपर्ने भएको हो । यसका लागी सेयरधनीले कुमारी बैंकको जुनसुकै शाखाबाट खाता नम्बर ०३११५०२००१०२० मा कर बापतको रकम जम्मा गर्न सक्नेछन् ।
बैंकले भौचर भर्दा सेयरधनीको पूरा नाम र डिम्याट नम्बर उल्लेख गर्न समेत आग्रह गरेको छ । कुमारीको गत वैशाख २६ गते सम्पन्न २ आर्थिक वर्षको साधारण सभाले २१.२५% बोनस वितरण गर्ने निर्णय गरेको थियो ।








