१२ घण्टे अल्टिमेटम दिंदै राजश्व सचिवले भने–‘रेकर्ड छैन’ भनेर नेप्सेले गद्धारी गर्यो


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
१२ घण्टे अल्टिमेटम दिंदै राजश्व सचिवले भने–‘रेकर्ड छैन’ भनेर नेप्सेले गद्धारी गर्यो

भन्छन्-‘तीन टाउको तीनतिर फर्किदा समस्या भएको हो’

काठमाण्डौ । अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेले धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका प्रमुखको तीन टाउको तीनतिर फर्किएका कारण लगानीकर्ताले दुःख पाएका भन्दै १२ घण्टे अल्टिमेटम दिएका छन् ।
 
भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नुपर्ने सिडिएससीको सूचनाविरुद्ध आन्दोलनमा रहेका लगानीकर्ताका चारवटा संगठनका प्रतिनिधिहरुलाई भेट दिंदै राजश्व सचिव घिमिरेले त्यस्तो अल्टिमेटम दिएका हुन् ।
 
सेयर लगानीकर्ताको अहित हुने गरी दुःख दिने काम बोर्ड, नेप्से र सिडिएसको नेतृत्वले गरिरहेको दाबी गर्दै आवश्यक परे उनीहरुमाथि कारबाही गर्न समेत आफू पछाडि नपर्ने उनले प्रष्ट पारे ।
Read More
  • MBL - below news
  • EBL Ad news