काठमडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको क्यापिटल एडेक्वेसी फ्रेमवर्कलाई अन्तर्राष्ट्रिय व्यवस्थामा गरिएको पुनरावलोकनको आधारमा परिमार्जन गर्ने भएको छ । साथै, मौद्रिक प्रसार संयन्त्रलाई प्रभावकारी बनाउन तथा कर्जाको ब्याजदरमा प्रतिस्पर्धा कायम गर्न विद्यमान आधारदर सम्बन्धी व्यवस्था सम्बन्धमा अध्ययन गरिने पनि राष्ट्र बैंकले जनाएको छ । पछिल्लो समय बैंकहरुको आधारदर घटेपनि कर्जाको ब्याजदरमा कमी नआएपछि व्यावसायीहरुले आधारदरको व्यवस्था परिवर्तन गर्न माग गर्दै आएका छन् ।