बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको वेबसाइट ह्याक


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको वेबसाइट ह्याक

ढाका । बङ्गलादेशमा जारी अशान्तिका बीच प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइटलाई 'द रेजिष्ट्यान्स' th3 R3SISTANC3' भन्ने समूहले ह्याक गरेको बताइएको छ । 'अपरेसन हन्टडाउन, स्टप किलिङ स्टुडेन्ट्स' शीर्षकमा ती ओटै साइटमा रातो फन्टको रङमा लेखिएको छ, 'यो अब विरोध होइन, अब युद्ध हो। सन्देशमा भनिएको छ, 'हाम्रा वीर विद्यार्थीहरूको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकार र यसका राजनीतिक सहयोगीहरूले निर्मम हिंसा र हत्याको सामना गराएका छन् । यो अब केवल विरोध मात्र होइन; यो न्यायका लागि, स्वतन्त्रताका लागि र हाम्रो भविष्यका लागि युद्ध हो । 

समूहले अगाडि भनेको छ, 'हामी ह्याकर्स, ओएसआईएनटी अन्वेषकहरू र पत्रकारहरूलाई हाम्रो उद्देश्यमा सामेल हुन तत्काल आह्वान गर्दछौं । हामीलाई निर्णायक कदम चाल्न तपाईंको सीप, तपाईंको जानकारी र तपाईंको साहस चाहिन्छ। निष्क्रिय अवलोकनको समय समाप्त भएको छ। वेबसाइटको तल्लो भागमा अर्को सन्देश लेखिएको छ, 'आफैलाई तयार पार्नुहोस्। न्यायका लागि लडाइँ शुरु भएको छ। वेबसाइटमा पाँच जना पुरुष र दुई ओटा कुकुरको तस्वीर पनि राखिएको छ। 

Read More
  • MBL - below news
  • EBL Ad news