सिद्धार्थ बैंकका ग्राहकहरुलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५% सम्म छुट  


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकका ग्राहकहरुलाई आरुष लाइफस्टाइल हस्पिटलमा २५% सम्म छुट  

श्रावण १, २०८१, काठमाण्डौं सिद्धार्थ बैंक र आरुष लाइफस्टाइल हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकरुलाइ विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
 
सम्झौता अनुसार बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटल प्रा. लि. अन्तर्गत देशभर रहेका शाखाहरुमा बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा २५% सम्म छुट प्राप्त गर्न सक्नुहुनेछ। यस सम्झौता पत्रमा बैंकका ट्रान्ज्याक्शन बैंकिङ्ग तथा इन्टरनेस्नल बिजनेस प्रमुख जीत बहादुर अधिकारी र आरुष लाइफस्टाइल हस्पिटलस प्रा. लि. का प्रमुख कार्यकारी अघिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गर्नभएको थियो ।

 बैंकका ग्राहकहरुले आरुष लाइफस्टाइल हस्पिटलको कुपन्डोल हाइट, ठिमी चारदोबाटो (शंखघर चोक), टुसाल बौद्धनाथ मार्ग, न्यूरोड पोखरा, बरगाछी विराटनगर स्थित शाखा कार्यालयहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउन सक्नहनेछ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा खुल्ला रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नेछ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ। 

  • MBL - below news
  • EBL Ad news