एक सातामा २३.९६ अंक बढ्यो नेप्से, परिसूचक बढ्दा पनि कारोबार रकम भने घट्यो


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
एक सातामा २३.९६ अंक बढ्यो नेप्से, परिसूचक बढ्दा पनि कारोबार रकम भने घट्यो

साउन ३, काठमाडौं । यो साता नेप्से परिसूचक २३ दशमलव ९६ अंकले बढेको छ । गत साताको अन्तिम दिन असार २६ गते १ हजार २४८ दशमलव ५३ विन्दुमा बन्द भएको परिसूचक यो साताको बिहीवार (साउन २ गते) १ हजार २७२ दशमलव ४९ विन्दुमा बन्द भएको छ ।

एउटा आर्थिक वर्ष सकिएर नयाँ आर्थिक वर्ष शुरु भएको यो साताको पाँच कारोबार दिनमा शुरुका चार दिन परिसूचक बढेको छ भने साताको अन्तिम दिन बिहीवार थोरै अंकले घटेको छ । पहिलो दिनदेखि लगातार बढेको बजार बुधवार १ हजार २७४ दशमलव ८६ विन्दुसम्म पुगेको थियो ।

साउन लागेसँगै तीन कम्पनीले चौंथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस त्रैमासमा सार्वजनिक भएको विवरणले कम्पनीले कति लाभांश दिन सक्ला भन्ने आंकलन गर्न सकिने भएकाले साउन महीना बजारका लागि हरियो महीना भनेर पनि चिनिने गरेको छ । गत वर्षहरुमा पनि साउन महीनामा बजार बढ्ने गरेको थियो ।

एक महीना अघिकोभन्दा ११.५९ अंक बढी
असार २ गते तुलनामा साउन २ गतेको बजार ११ दशलमव ५९ अंक बढेको छ । असार २ गते १ हजार २६० दशमलव ९० विन्दुमा रहेको बजार साउन २ गते १ हजार २७२ दशमलव ४९ विन्दुमा रहेको छ ।

नेपाल धितोपत्र बोर्डले सोमवार आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमले हकभन्दा बढी हकप्रद शेयरमा आवेदन दिन सकिने (हकवालाले कतिसम्म बढी हकप्रदमा भर्न पाउने भन्ने टुंगो लागेको छैन) र अर्को स्टक एक्सचेञ्जको स्थापना गर्न नीतिगत व्यवस्था उल्लेख गरेसँगै लगानीकर्ताहरुमा उत्साह छाएको थियो । कम्पनीहरुको हकप्रदमा पूर्ण आवेदन नपरी लिलामीमा निकाल्नुपर्ने बाध्यता हट्ने र शेयरधनीहरुले बढी हकप्रद भर्न पाउने भएपछि बजार बढ्न पुगेको हो ।

लगानीकर्ताहरु अझैपनि मौद्रिक नीतिको पर्खामा छन् । मौद्रिक नीतिले बिग मर्जर र शेयर बजारमा कस्तो नीति ल्याउला भन्ने पर्खाइमा लगानीकर्ताहरु छन् । आउने मौद्रिक नीतिले बिग मर्जरबारे प्रस्ट पार्ने र कम्पनीहरुको कारोबार रोक्का सम्बन्धी स्पस्ट धारणा आउने आशामा लगानीकर्ताहरु छन् ।

सातामा बजार पूँजीकरण र सेन्सेटिभ इन्डेक्सको परिवर्तन

Read More
  • MBL - below news
  • EBL Ad news