होटल सब्रिनाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
होटल सब्रिनाले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

होटल सब्रिना लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ । 

कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको हो । गत असार २२ गते  आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका तर्फबाट संस्थापक तथा अध्यक्ष निराजन थापा तथा एनएमबि क्यापिटल को तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पूरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडि बढाउने योजना रहेको कम्पनीका अध्यक्ष निराजन थापाले बताए । 

Read More
  • EBL Ad news