वीरगन्जको सिद्धार्थ बैंकमा आगलागी : दुई करोडभन्दा बढीको क्षति भएको अनुमान


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
वीरगन्जको सिद्धार्थ बैंकमा आगलागी : दुई करोडभन्दा बढीको क्षति भएको अनुमान

वीरगन्ज : वीरगन्जको आदर्शनगरस्थित सिद्धार्थ बैंकमा सोमबार भएको भीषण आगलागीबाट दुई करोडभन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आदर्शनगरस्थित होटल सुरजसंगै टाँसिएको पाँच तल्ले भवनमा रहेको बैंकको शाखा कार्यालयमा सोमबार अपरान्ह ३ बजेदेखि लागेको आगो राति १० बजेतिर मात्रै नियन्त्रणमा आएको थियो ।

आगो निभाउन पर्सा,बारा र भारत रक्सौलका गरी १० वटा वारुण यन्त्र र नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयबासी खटिएका थिए।

बैंकको स्टोर रुमबाट विद्युत सर्ट भएर सल्किएको आगो भुंई तल्लाबाहेक चार वटै तल्लामा फैलिएको थियो । आगलागीबाट करिब दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए। उनले भने,'बैंक सञ्चालन रहेका चार वटै तल्लामा आगो सल्किएको थियो । फर्निचर,कागजपत्र, कम्प्युटर लगायतका उपकरण  सबै जलेर नष्ट भएका छन् । नगद रकम र चेकहरु भने सुरक्षित निकालियो ।'

Read More
  • MBL - below news
  • EBL Ad news