काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म ८ सय ४० वटा सार्वजनिक विद्युतीय सवारी आयात भएका छन् । गत वर्ष सोही अवधिमा २ सय ७७ वटा आयात भएका थिए । गत वर्षको जेठ मसान्तसम्म ३ हजार ८ सय ७० वटा आयात भएको निजी विद्युतीय सवारी चालु आर्थिक वर्षको सोही अवधिमा ११ हजार ४ सय ६६ वटा भित्रिएको भन्सार विभागको तथ्यांक छ ।
उल्लिखित तथ्यांकले विद्युतीय सवारी आयातसँगै प्रयोग बढ्दै गएको देखाउँछ । तर यसका लागि आवश्यक पूर्वाधार न्यून छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधन आयातमा कर बढाएको छ । अर्कोतर्फ सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पुर्याउने लक्ष्य छ । सरकारको आफ्नै नीति एकअर्कामा बाधक छ ।







