भारतमा डिजिटल मुद्राको प्रयोगमा भारी गिरावट, विश्वभर छैन सर्वसाधारणको आकर्षण


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा डिजिटल मुद्राको प्रयोगमा भारी गिरावट, विश्वभर छैन सर्वसाधारणको आकर्षण

काठमाडौं : भारतको डिजिटल मुद्रा ‘इ–रुपैयाँ’ को प्रयोगमा भारी गिरावट आएको छ । हाल भारतमा डिजिट रुपैयाँको कारोबार गत डिसेम्बरको उच्चतम विन्दुको तुलनामा १०% मा सीमित भएको रोयटर्सले उल्लेख गरेको छ । भारतमा देखिएको गिरावटले अन्य धेरै देशहरुले डिजिटल मुद्राका लागि जनसमर्थन बटुल्ने प्रयासमा अनुभव गरेको संघर्षलाई प्रतिबिम्बित गरेको रोयटर्सले लेखेको छ ।

भारतको केन्द्रीय बैंक ‘भारतीय रिजर्भ बैंक’ ले सन् २०२२ को डिसेम्बरमा भौतिक नगदको डिजिटल विकल्पको रुपमा डिजाइन गरिएको इ–रुपैयाँको पाइलट परीक्षण सुरु गरेको थियो । आरबीआई सन् २०२३ को डिसेम्बरसम्ममा डिजिटल मुद्राको प्रतिदिन १० लाख खुद्रा कारोबारको आफ्नो लक्ष्यमा सफलतापूर्वक पुग्न पनि सफल भयो । 

Read More
  • MBL - below news
  • EBL Ad news