सिद्धार्थ बैंकले डिजिटल कारोबारहरूमा रिवार्डस प्वाइन्ट प्रदान गर्दै


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सिद्धार्थ बैंकले डिजिटल कारोबारहरूमा रिवार्डस प्वाइन्ट प्रदान गर्दै

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैंकिङ क्षेत्रमा आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारहरू गर्दा सिद्धार्थ रिवार्ड प्वाइन्ट प्रदान गर्ने नयाँ योजना सार्वजनिक गरेको छ । डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको उक्त योजना अन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड र मोबाइल बैंकिङ्गबाट गरिने हरेक एक सय रुपैयाँ बराबरको कारोबारमा एक प्वाइन्ट रिवार्डस प्राप्त गर्नेछन् ।

प्राप्त गरिएका रिवार्डस प्वाइन्टहरू ग्राहकहरूले हवाई जहाज टिकट, अनलाइन सपिङ, होटल बुकिङ सेवा, बीमाशुल्क, इन्टरनेटको बिल भुक्तानी लगायतका डिजिटल कारोबार गर्दा छुटको रुपमा प्रयोग गर्न सक्ने बैंकको भनाइ छ ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले “सिद्धार्थ रिवार्डस प्वाइन्ट” नेपालको बैंकिङ क्षेत्रमा रिवार्डस प्वाइन्टहरूलाई भुक्तानीको रूपमा प्रयोग गर्न सकिने बैंकिङ क्षेत्रको नै पहिलो योजना भएको बताएका छन् । 

सिद्धार्थ बैंकले स्थापनाकालदेखि नै आफ्ना वित्तीय सेवा तथा पडक्टहरुलाई ग्राहको चाहना, आवश्कता अनुसार परिमार्जित गर्दै लगेको छ । बैंकले डिजिटल फस्ट एप्रोजलाई प्रमुख प्राथमिकतामा राख्दै दिगो विकास र दिगो वृद्धिका लागि काम गरिरहेको उनको भनाई छ ।   

सीईओ कँडेलका अनुसार जेठ मसान्तसम्म बैंकले २ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । करिब ५० हजार उद्यमीहरूको पुँजीको आवश्यकतालाई बैंकले पुरा गर्न सफल भएको उनको भनाई छ । साथै ती ५० हजार उद्यमीमार्फत उत्पादनसँग सम्बन्धीत रोजगारीहरु सिर्जना गरी आर्थिक विकासमा योगदान पुर्याएको उनको भनाइ छ ।

सिद्धार्थ बैंकको कुल कारोबारमध्ये ८२ प्रतिशत डिजिटल माध्यमबाट भइरहेको र बाँकी १८ प्रतिशत कारोबारलाई पनि डिजिटलमा आकर्षित गर्न बैंकले विभिन्न गतिविधि गरिरहेको उनले बताए ।

सिद्धार्थ बैंकका डेपुटी सीईओ रामेश्वरप्रसाद बस्यालले डिजिटल उत्पादनहरूमा गरिएको खर्चलाई बैंकले लगानीको रूपमा लिएको बताए । उनले भने,“डिजिटल उत्पादनमा गरेको खर्चलाई हामीले खर्च भन्दा लगानी मानेका छौं । जति धेरै डिजिटल कारोबार ग्राहकले गर्छन, उसले त्यति नै बढी रिवार्डस प्वाइन्ट प्राप्त गर्नेछन ।”

उनले भने, ‘बैंकिङ क्षेत्रका लागि हिजोभन्दा आज र आजभन्दा भोलि चुनौतिपूर्ण छ । अब पुरानै अवस्थाबाट बैंकिङ गरेर सम्भव छैन, ग्राहकहरू बैंकमा आउने भन्दा पनि घरबाटै सुविधा लिन सक्नुपर्छ, त्यसैले बैंकको भिजन नै ‘डिजिटल फष्ट बैंक फर सस्टनेबल गोल’ रहेको छ ।’ साथै सिद्धार्थ बैंकले जेण्डर फाइनान्समा पनि काम गरिरहेको उनको भनाइ छ ।

विगत २१ वर्षदेखि ग्राहकमैत्री वित्तीय सेवामा तल्लीन सिद्धार्थ बैंकले आफ्ना विभिन्न शाखाहरु मार्फत् प्रविधिमैत्री आधुनिक वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।

  • MBL - below news
  • EBL Ad news