काठमाडौं : डिजिटल वालेट विश्वमा सबैभन्दा तीब्र गतीमा बढिरहेको भुक्तानी विधिको रुपमा अघि आएको छ । पेमेन्ट प्रोसेसिङ कम्पनी ‘वर्ल्डपे’ को पछिल्लो रिपोर्ट अनुसार डिजिटल वालेटको प्रयोगमा एसिया शीर्ष स्थानमा आएको छ । विशेषगरी, ठूलो जनसंख्या भएका चीन र भारतले डिजिटल भुक्तानीको नेतृत्व गरिरहेका छन् ।
विश्वव्यापीरुपमा, डिजिटल वालेटले सन् २०२३ मा इ–कमर्स खरिदको ५०% र इन–स्टोर खरिदहरुको ३०% हिस्सा ओगटेको रिपोर्टले देखाएको छ । डिजिटल वालेटबाट सन् २०२३ मा विश्वभर १४० खर्ब अमेरिकी डलर बराबरको कारोबार भएको तथ्यांकले देखाएको छ । उक्त संख्या सन् २०२७ सम्ममा २५० खर्ब डलर पुग्ने अनुमान गरिएको छ ।








