काठमाडौँ — भुक्तानी प्रदायक सेवा प्रदायक नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम्स (नेप्स)लाई प्राप्ति (एक्विजिसन) पछि सोमबारदेखि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले एकीकृत कारोबार सुरु गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको तीव्र दबाबपछि एनसीएचएलले नेप्सलाई प्राप्ति गरेको हो । यसका लागि २०८० चैत २३ मा यी दुई कम्पनीबीच सैद्धान्तिक सहमति भएको थियो ।
राष्ट्र बैंकले सूचना जारी गरेर यही जेठ २१ सोमबार देखि ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’को नामबाट मर्जरपछिको नयाँ कम्पनी सञ्चालनमा आउने जानकारी दिएको छ ।