बंगलादेशको आईएफआईसी बैंकले नेपालको नबिल बैंकमा आफ्नो लगानी कायम राख्ने निर्णय गरेको छ। करिब डेढ वर्षअघि मात्र आइएफआइसीले नबिल बैंकको १ करोड ७७ लाख कित्ता संस्थापक सेयर बेच्न प्रक्रिया सुरु गरेको थियो। तर अहिले यो प्रक्रिया स्थगित भएको छ।
नबिल इन्भेस्टमेन्ट बैंकिङले एक सार्वजनिक सूचना जारी गरी आईएफआईसीले आफ्नो नबिल बैंकको सेयर बिक्री निवेदन फिर्ता लिएको जानकारी दिएको छ। त्यस्तै, नबिलको सेयर खरिद गर्न चाहनेहरुले पनि आफ्नो निवेदन फिर्ता लिएका छन्।








