पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएसँगै वित्तीय पहुँच पनि बृद्धि हुँदै गएको छ ।
शाखा कार्यालय विस्तारसँगै बैंकिङ कारोबार गर्ने जनसंख्या पनि उल्लेख्य रुपमा बढेको छ । गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता ५ करोड ४४ लाख कर्जा खाता १८ लाख ७६ हजार पुगेको छ ।
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१ अनुसार यस अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ३७ लाख ८३ हजार, इन्टरनेट बैंकिङ सेवाका प्रयोगकर्ता १८ लाख ७४ हजार पुगेका छन् । चालू आर्थिक वर्षको फागुनसम्म ३१ हजार कर्जा खाता ३२ लाख २३ हजार निक्षेप खाता थप भएका छन् ।







