काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको परिवारमाथि अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कुलमान घिसिङ प्राधिकरणको निर्देशक भएसँगै छोटो अवधिमा परिवारको आर्थिक स्रोतबिनै अर्बौं रुपैयाँ सम्पत्ति आर्जन भएको देखिएको भन्दै उजुरीकर्ताले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।
अख्तियारले थाल्यो छानबिन
आयोगमा उजुरी परेसँगै कुलमानका भाइ गणेश घिसिङसहितको परिवारको सम्पत्तिका विषयमा अख्तियारले छानबिन सुरु गरेको छ । कुलमानले आफ्ना भाइ तथा परिवारका सदस्यलाई १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी छोटो समयमा कसरी गराए भन्ने विषयमा छानबिन हुनुपर्ने भन्दै उजुरी परेको आयोग स्रोतले जनायो ।