नेपाल बीमा प्राधिकरणले बीमालेखलाई डिजिटाइज गर्ने तयारी गरेकाे छ । बीमा लेख डिजिटाइज गर्ने तयारी स्वरुप प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए ।
काठमाडौंमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तकृया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने,“भविष्य अनिश्चित छ, विपद्को जोखिम सधैं हुन्छ,जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्ने एकमात्र माध्यम भनेको बीमा हो, संसद्, संसदीय समिति, सरकार, राजनीतिक दल लगायत सबैले बीमाका बारेमा बुझेपछि मात्र बीमा क्षेत्रको विकास र पहुँच विस्तारले तीब्रता पाउँछ, त्यसतर्फ सबै लाग्नुपर्छ ।”

 
                                    





