सरकार र इन्टरनेट सेवाप्रदायकबीचको विवाद के हो ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
सरकार र इन्टरनेट सेवाप्रदायकबीचको विवाद के हो ?

काठमाडौं । नेपालका ठूला इन्टरनेट सेवाप्रदायकहरूले दिइरहेको इन्टरनेटको गति वैशाख २० गते साँझ एक्कासि मन्द भयो । एक्कासि इन्टरनेटको गति निकै कम भएपछि सेवा लिनेहरूलाई के समस्या आयो भन्ने भयो । 

राष्ट्रिय सूचना तथा सञ्चारप्रविधि दिवस मनाइरहेका बेला इन्टरनेट सेवामा गडबडी आउनुको मूल कारण थियो नेपालका इन्टरनेट सेवाप्रदायकहरूलाई ब्यान्डविथ उपलब्ध गराउँदै आएको भारतको एअरटेल कम्पनीले ब्यान्डविथ दिन बन्द गर्नु । विगत १ वर्षदेखि ब्यान्डविथको रकम भुक्तानी नभएपछि करीब ६ घण्टा भारतीय कम्पनीले इन्टरनेटको लिंक नै डाउन गरिदिएको सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले बताएको छ । 

Read More
  • MBL - below news
  • EBL Ad news