काठमाडौं : काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कूल अफ म्यानेजमेन्ट फाइनान्स क्लबको आयोजनामा ‘वित्तीय साक्षरता कार्यशाला तथा राष्ट्रव्यापी स्टक पिचिङ प्रतिस्पर्धा’ आयोजना हुने भएको छ । वैशाख २३ गतेदेखि जेठ ६ गतेसम्म सातै प्रदेशमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रम वैशाख २३ गतेदेखि इटहरीबाट सरु भएको आयोजकले जानकारी गराएको छ ।
यस वर्षको कार्यक्रमलाई नेप्से, नेपाल धितोपत्र बोर्ड, सीडीएस एन्ड क्लियरिङ, एसीसीए ग्लोबल, अल्फा क्यापिटल, स्मार्ट वेल्थ प्रो, नेपाल क्लियरिङ हाउसलगायत धेरै संस्थाहरुले सहयोग गरेको आयोजकले जनाएको छ । पछिल्ला केही वर्षहरु देखि स्कूल अफ म्यानेजमेन्ट फाइनान्स क्लबले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगिता २ चरणमा हुनेछ ।








