सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियममा मूल्यमा आईपीओ निष्काशन गर्ने कार्यका निम्ति बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार सोपान मल्टिपल कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष डा. ई. तारा प्रसाद पोखरेल र एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट सीईओ दिपेश कुमार बैध्यले एक कार्यक्रमका बिच नियुक्ति सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
कम्पनीका अनुसार आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं बार्षिक साधारणसभामा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुन लागेको छ। कम्पनीले अंकित मूल्य रू. १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता रू. २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्ने योजना बनाएको छ ।

 
                                    





