१ . २०८१ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापनाको ६८ वर्ष पूरा गरी ६९ औँ वर्षमा प्रवेश गरेको छ । स्थापनापछि वित्तीय क्षेत्रको विकास र आर्थिक स्थायित्वका साथै देशको समग्र आर्थिक विकासमा यस बैंकले अग्रणी भूमिका खेल्दै आएको छ । यस घडीमा बैंकका पूर्व गभर्नरज्यूहरूलगायत सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै सम्मान व्यक्त गर्दछु । वार्षिकोत्सवको यस अवसरमा बैंकका उद्देश्य प्राप्तिका लागि आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका बैंकका सञ्चालक समितिका पदाधिकारी र सम्पूर्ण कर्मचारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै, बैंकको कार्यसम्पादनमा महत्त्वपूर्ण सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालयलगायत अन्य निकाय, बक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय वित्तीय संस्था, सञ्चारमाध्यम तथा सरोकारवाला शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
वित्तीय क्षेत्रसहित समष्टिगत आर्थिक स्थायित्व नेपाल राष्ट्र बैंकको प्राथमिकता – गभर्नर श्री महा प्रसाद अधिकारी