अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले लिए राष्ट्र बैंकको सञ्चालक समिति सदस्यको रुपमा शपथ लिएका छन् ।
सचिव मरासिनीले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले मरासिनीलाई पद तथा गोपनीयताको शथप ग्रहण गराएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।