ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण


  • ADBL
  • City Express
ग्रिन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

ग्रीन डेभलपमेन्ट लिमिटेड बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले वैशाख १० गते शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक बिना ढकाल पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन ।

मिति २०८० चैत्र २७ गते सम्पन्न भएको ग्रीन डेभलपमेन्ट बैंको दशौं तथा एघारौं संयुक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट अध्यक्ष पदमा गणेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन।

ग्रीन डेभलपमेन्टलाई अहिलेको अवस्थासम्म पुर्याउन नेपाल राष्ट्र बैंकले पुर्याएको सहयोगको विशेष स्मरण गर्दै उनले बैंकिङ्ग क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए ।

श्रेष्ठले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउदै आफ्नो कार्यकालमा ग्रीन डेभलपमेन्ट लिमिटेडलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।