६ वैशाख, काठमाडौं । ब्याजदर निरन्तर घट्दो छ । वैशाख महिनामा पनि वाणिज्य बैंकहरूले ब्याजदर घटाएपछि व्यक्तिगत मुद्दतीमा औसत ७.०६ प्रतिशतमा झरेको छ । निरन्तर ब्याजदर घट्दै गएको छ, बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त छ । सामान्यतः ब्याजदर र सेयर बजारको सम्बन्ध उल्टो हुने सिद्धान्त छ ।
ब्याजदर घट्दा सेयर बजार बढ्ने र ब्याजदर बढ्दा बजार घट्ने सिद्धान्त यतिबेला मिलिरहेको छैन । यो साताका सबै दिन बजार घट्यो । लगानीकर्ताले कहिले २ हजार त कहिले १९८० लाई सपोर्टका रुपमा व्याख्या गर्दै आए पनि बजार ती सपोर्टमा अडिएन, अझै केही झर्न सक्ने आँकलन हुन थालेको छ । बिहीबार नेप्से १९७२ अंकमा रहेर कारोबार बन्द भयो । ...







