रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरी २८ जनालाई प्रतिवादी बनाएको छ। जसमध्ये ८ जनामात्रै पक्राउ परेका छन्।
सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोपमा प्रतिवादी बनाइएका छन् पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन।