कुमारी बैंकको नयाँ वर्षअफर, भाग्यशालीले iPhone १५ जित्ने मौका -


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
कुमारी बैंकको नयाँ वर्षअफर, भाग्यशालीले iPhone १५ जित्ने मौका -

कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान “नयाँ वर्ष २०८१ जितौ iPhone 15 एकास्सी” सुचारु गरेको छ । यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकहरुले कुमारी स्मार्ट एप प्रयोग गरी रु.५०० को Topup र कुनैपनि एउटा datapack खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यु iPhone 15 जित्न सक्नुहुनेछ ।

यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङ्गमा दर्ता गर्न सक्नुहुनेछ । साथै यो अभियानको अवधि वैशाख १ देखि वैशाख ३१ सम्म रहेको छ ।

कुमारी बैंकले नेपाली वित्तीय बजारमा ३०२ शाखा, ५० वटा एक्सटेन्सन काउन्टर र ६७ वटा शाखारहित बैंकिङ्ग एकाइहरू सहित देशका विभिन्न शहरी, अर्धशहरी तथा ग्रामीण भेगमा अवस्थित ४१६ पोइन्टहरु मार्फत आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

  • MBL - below news
  • EBL Ad news