काठमाडौं ।  सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बिहीवार अमृतभोग कालिकास्थान काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीको छैठौ वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेकोछ  । सानिमा जिआईसी इन्स्योरेन्सको लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/ ०८० आषाढ मसान्तको वासलात, मिति २०७९/०४/१ गते देखि २०८०/०३/३१ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

 
                                    





