अमेजन कम्पनीले यसै हप्ता एउटा अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप ‘एन्थ्रोपिक’ मा २ अर्ब ७५ करोड डलर लगानी गर्ने घोषणा गर्यो । योसँगै अमेजन कम्पनी कुनै होनहार एआई स्टार्टअपको हिस्सा लिने एक अर्को टेक जाएन्ट बनेको छ ।
यद्यपि आफ्नै एआई मोडेलमा काम गरिरहेको अमेजन मात्रै एन्थ्रोपिकलगायत एआई क्षेत्रमा लगानी गर्ने एक्लो कम्पनी होइन । गुगल, माइक्रोसफ्ट तथा फेसबुकको मातृ कम्पनी मेटाले पनि यसमा व्यापक लगानी ग्रिसकेका छन् ।








