ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त  वार्षिक साधारणसभा सम्पन्न


  • ADBL
  • City Express
ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त  वार्षिक साधारणसभा सम्पन्न

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको दशौं तथा एघारौं संयुक्त वार्षिक साधारणसभा मिति २०८० साल चैत्र २७ गतेका दिन मेजेष्टिक लेक फ्रन्ट होटेल एण्ड सुइट, पोखरा–६, कास्कीमा सम्पन्न भएको छ । बैंकको संचालक समितिका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभावाट लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७८/७९ र २०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफानोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफानोक्सान बाँडफाँड हिसाव लगायत वित्तीय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । बैंकको संचित मुनाफा रकम वाट ३।८ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०।२० प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गरेको छ । बैंकको संस्थापक शेयर र सर्वसाधारण शेयरको अनुपात ५१ः४९ प्रतिशत कायमहुने प्रस्ताव पारित गरेको छ ।

संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ (तीन) जना संचालकहरुको निर्विरोध निर्वाचन सम्पन्न भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकहरुको नियुक्ती अनुमोदन गरेको छ । साथै सञ्चालक समितिले स्वतन्त्र संचालक नियुक्त गरेको जानकारी सभामा दिईयो । उक्त साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समिति द्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक सुजन काफ्ले एण्ड एसोसियट्स चार्टड एकाउन्टेन्टलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा सेयरधनी महानुभावहरुले राख्नुभएको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले दिनुभएको थियो । शेयरधनी महानुभावहरुले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुनेगरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले शेयरधनीज्यूहरुको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने वताउनुभयो । उक्त सभामा उपस्थित शेयरधनीहरुलाई बैंक सञ्चालक सुर्य प्रसाद लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एंव कम्पनी सचिव प्रकाश गुरुङ्गले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।