बाउन्स चेकको उजुरी बढ्यो


  • KBL News Ad
  • ADBL
  • City Express
बाउन्स चेकको उजुरी बढ्यो

परासी : नवलपरासीमा चेक अनादर (बाउन्स)का उजुरी बढेको छ। उजुरी बढेसँगै प्रहरीले १० लाखदेखि माथिको चेक रकमको स्रोत खोज्न सुरु गरेको छ। 

प्रहरीले १० लाखदेखि माथिका चेक बाउन्सको उजुरी लिएर आउने व्यक्तिहरूसँग त्यसको स्रोत पुष्टि गर्न लगाउन सुरु गरेको हो। ‘१० लाखदेखि माथिको चेक बाउन्सको उजुरी लिएर आउनेसँग व्यापार, व्यवसाय, घर जग्गा बिक्री वा कहाँबाट आर्जन गरी रकम सापट दिइएको थियो भन्नेको प्रमाण पेश गरेपछि मात्र कानुनी प्रक्रिया अगाडि बढाउने गरेका छौं’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रेशम बोहोराले भने। 

Read More
  • EBL Ad news