ग्रीन डेभलपमेण्ट बैंक र फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टर बिच सम्झौता


  • ADBL
  • City Express
ग्रीन डेभलपमेण्ट बैंक र फिस्टेल हस्पिटल एण्ड रिर्सच सेन्टर  बिच सम्झौता

पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड ले आफ्ना सम्पुर्ण ग्राहक तथा कर्मचारीहरुका लागी फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. सँग विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने विशेष सम्झौतापत्रमा (MOU) हस्ताक्षर गरेको छ । 

सम्झौता पछि बैंकका ग्राहक एवं कर्मचारीहरुले हस्पिटलमा उपलब्ध सेवाहरु Doctor’s /Physician Consultation Fee, USG(Ultrasonogram), UGI Endoscopy, ECG,E-ray, CT Scan, All type of Bed Charges, Pathology Service, Health Package मा ५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । पोखरामा  गैहृापाटनमा अवस्थित हस्पिटलबाट अन्तराष्ट्रिय स्तरको प्रविधि, उपकरण तथा अनुभवी डाक्टरहरुबाट विभिन्न रोगहरुको उपचार हुदै आएको छ।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रवन्धक श्री संयुक्त बहादुर धाख्वा र पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का तर्फबाट अध्यक्ष प्रा.डा. भोला श्रेष्ठले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना शाखा कार्यालयहरु मार्फतMobile Banking, QR Code,  IPS, Connect IPS, ATM/Debit Card, QR जस्ता डिजिटल  बैकिङ्ग सुबिधा साथै सर्वशुलभ रुपमा कर्जा सेवा प्रदान गर्दे आईरहेको छ ।