मनी पर्सको विकल्प बन्दै क्युआर, फागुनमा मात्रै साढे ४२ अर्ब रुपैयाँ क्युआरबाट भुक्तानी


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
मनी पर्सको विकल्प बन्दै क्युआर, फागुनमा मात्रै साढे ४२ अर्ब रुपैयाँ क्युआरबाट भुक्तानी

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको तथ्यांकले पनि पछिल्लो समय सर्वसाधारणको रोजाइमा डिजिटल कारोबार तथा भुक्तानी पर्न थालेको देखाएको छ।

क्युआरको थालनी हुँदा मासिक ९ लाखको हाराहारीमा कारोबार भएर साढे ३ अर्ब रुपैयाँको कारोबार हुन थालेकोमा मासिक कारोबार संख्या विस्तारै बढ्दै गएको देखिन्छ । आव ७७/७८ को असारमा साढे ३ अर्बको क्युआर भुक्तानी कारोबार शुरु भएकोमा ०७८/७९ मा १४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । कारोबार संख्या समेत बढेर ४२ लाख ८२ हजार पुगेको छ ।

२०७९/८० को असारसम्म पुग्दा ९७ लाख ६६ हजार कारोबारमा ३० अर्ब भन्दा बढीको कारोबार पुगेको थियो । चालु आवको फागुन महिनासम्म आइपुग्दा कारोबार संख्या झन्डै १ करोड ४० लाखभन्दा बढी पुगेको छ भने कारोबार रकम साढे ४२ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय संघीय राजधानी काठमाडौंमा मात्रै होइन, ग्रामीण भेगमा रहेका चिया पसलदेखि अन्य पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानी हुन थालेको छ। काठमाडौं उपत्यकासहित मुलुकका मुख्य सहरहरूमा चिया पसल, तरकारी पसल, किराना पसलदेखि ठूला–ठूला सपिङ मलमा मात्रै होइन सामान्य खालमा भट्टी पसलमा पनि डिजिटल कारोबार तथा भुक्तानीमा वृद्धि भइरहेको छ।पछिल्ला समयमा क्युआरकोड अर्थात् ‘क्विक रेस्पोन्स पेमेन्ट’ सेवा र मोबाइल वालेटमा पनि सर्वसाधारणको मुख्य आकर्षण बन्दै आइरहेको छ।

Read More
  • MBL - below news
  • EBL Ad news