अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने


  • KBL News Ad
  • ADBL
  • City Express
अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने

काठमाडौं : अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ। सोमबार अर्थमन्त्री वर्षमान पुनलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका छन्। 

लगानी सम्मेलन सफाल पार्न आफूहरूको तर्फबाट सहयोग हुने उनको भनाइ थियो। भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास विभिन्न विकास परियोजना पूर्वनिर्धारित समयमै सम्पन्न गर्नेबारे छलफल भयो। भेटमा अर्थमन्त्रीले लगानी सम्मेलनको राम्रो तयारी भएको भन्दै लगानीमैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानूनी र प्रक्रियागत सुधारको तयारी भइरहेको बताए। 

Read More
  • EBL Ad news